Himal Shahi Thakuri

Thanks for watching my channel


Himal Shahi Vlogs

जापानकी पहिलो ‘साक्षरता दूत’ बनिन् १७ वर्षीया अदिति पौडेल

टोकियो, जापान । जापानमा जन्मिएकी नेपाली मूलकी १७ वर्षीया अदिति पौडेल जापानबाट नियुक्त हुने पहिलो ‘लिटरेसी एम्बेसडर’ अर्थात् साक्षरता दूत बनेकी छन्। टोकियोमा हाईस्कुलको अन्तिम वर्षमा अध्ययनरत पौडेललाई अस्ट्रेलियामा मुख्यालय रहेको वर्ल्ड लिटरेसी फाउन्डेसनले उक्त जिम्मेवारी दिएको हो।

फाउन्डेसनको कार्यक्रममा विश्वका १०१ देशका १६ देखि २५ वर्ष उमेर समूहका करिब ९०० युवा सहभागी छन्। कार्यक्रम सुरु भएको १२ वर्षमा जापानबाट साक्षरता दूत नियुक्त भएको यो पहिलोपटक हो।

जापानमा जन्मिएर बाल्यकालको केही समय नेपालमा बिताएकी पौडेल कक्षा ३ मा जापान फर्किएकी थिइन्। सानैदेखि पुस्तक पढ्न रुचि राख्ने उनी महिला शिक्षा र सशक्तीकरणमा समेत सक्रिय चासो राख्छिन्।

साक्षरता दूतका रूपमा उनले नेपालसहित साक्षरता दर कम रहेका एसियाली मुलुकमा पुस्तक संकलन तथा वितरणमा सहयोग गर्ने योजना बनाएकी छन्।

पौडेल भन्छिन्, “साक्षर हुनु अत्यन्त महत्त्वपूर्ण छ। क्षमता भएर पनि साक्षरता नभए त्यसलाई उजागर गर्न सकिँदैन।”

3 weeks ago | [YT] | 1

Himal Shahi Vlogs

Morning Vibes in japan 🇯🇵 #follow

1 month ago | [YT] | 0

Himal Shahi Vlogs

🇯🇵 December 2026 JLPT — N1/N2
📅 Exam date: December 6, 2026 (Sunday)
📝 Form खुल्ने: August 24, 2026 (Monday)
⏰ Form बन्द हुने: September 7, 2026 (Monday) बेलुका 5:00 बजे
💴 Fee: ¥7,500

⏰ समयमै तयारी गरौँ, समयमै फारम भरौँ।
🇯🇵 आजको भाषा सीप — भोलिको राम्रो भविष्य!

#JLPT #Japan #JapaneseLanguage #VisaChange #JapanLife #NepaliInJapan #NEPALDEEPJAPAN

1 month ago | [YT] | 1

Himal Shahi Vlogs

बुढेसकालमा आराम होइन, परिवारको भविष्यका लागि विदेशिँदै गरेका बुबा ❤️🙏

शिरमा ढाका टोपी, गलामा खादा र निधारमा रातो टीका लगाएका एक वृद्ध बुबालाई विमानस्थलमा देख्दा धेरैलाई लाग्न सक्छ—सायद छोराछोरीले घुमाउन विदेश लैजान लागेका होलान्। तर वास्तविकता सुन्दा भने जो–कोहीको मन भारी हुन्छ।

उमेरले शरीर थकाइसकेको छ, तर परिवारप्रतिको जिम्मेवारीले उहाँको हिम्मत अझै थाकेको छैन। जुन उमेरमा आफ्ना सन्तान र परिवारसँग बसेर सुखका दिन बिताउनुपर्ने हो, त्यही उमेरमा परिवारको गुजारा चलाउन र सन्तानको भविष्यका लागि उहाँ वैदेशिक रोजगारीमा जान बाध्य हुनुभएको छ।

बिदाइको क्षणमा छोरी क्षेत्री यमुनाले आफ्ना बुबाको तस्बिर सार्वजनिक गर्दै उहाँको स्वास्थ्य र सुरक्षित यात्राको कामना गरेकी छन्। उनले बुढेसकालमा पनि आफ्ना इच्छा र रहरहरूलाई पछाडि राखेर परिवारका लागि विदेशिनुपरेको बुबाको त्यागप्रति भा'वुक हुँदै शुभकामना व्यक्त गरेकी छन्।

यो दृश्यले एउटा गहिरो कुरा सम्झाउँछ—बुबा हुनु भनेको केवल परिवारको सदस्य हुनु होइन, आवश्यक पर्दा आफ्नो सुख, रहर र आरामसमेत त्यागेर परिवारको भविष्यका लागि सं'घर्ष गर्नु हो।

परिवारको खुसीका लागि आफ्नो बुढेसकालसमेत त्यागेर परदेश लाग्नुभएका बुबालाई हाम्रो तर्फबाट पनि सुरक्षित यात्रा र राम्रो स्वास्थ्यको शुभकामना। 🙏❤️

परदेशमा तपाईंको हरेक पाइला सुर'क्षित रहोस्, बुबा। ❤️

1 month ago | [YT] | 0

Himal Shahi Vlogs

JLPT को तयारी कस्तो छ ?

2 months ago | [YT] | 0

Himal Shahi Vlogs

Your Favorite Color ?

2 months ago | [YT] | 0

Himal Shahi Vlogs

Japan 🇯🇵 ma yo k ho ?

3 months ago | [YT] | 1

Himal Shahi Vlogs

Which is favourite?

3 months ago | [YT] | 1

Himal Shahi Vlogs

Which is GOOD? 👇

3 months ago | [YT] | 1