From this channel, we provide public awareness health materials of famous doctors of Nepal such as: health information, health tips, motivational video, health awareness live program etc.
Remember that all the health content broadcasted on this channel will be 100% confidential
For more information:
Email: swasthyap@gmail.com
Instagram: www.instagram.com/swasthyapharmacy?igsh=MTc2cHBybn…
SWASTHYA PHARMACY
Good Evening Note:
⚠️ होसियार रहनुहोस्, सावधानी अपनाउनुहोस्।
अहिले बजारमा “सुगर रातारात घट्छ”, “आजको सुगरको दुःख, भोलिको सुख” जस्ता आकर्षक कुरा गर्दै नानाथरीका वस्तु र औषधिहरूको प्रचार भइरहेको देखिन्छ।
हिजो मात्रै एक जना बिरामीले मलाई भन्नुभयो—
“डाक्टर साहब, अहिले त नाइटोमा राख्ने इन्सुलिन पनि आएको रहेछ नि! हेर्नुहोस् त, यो कस्तो हो?”
यो थोपा नाइटोमा हाल्नुहोस्, त्यसपछि नाइटोलाई हल्का–हल्का रब गर्नुहोस्। इन्सुलिन शरीरभित्र जान्छ र तपाईंको सुगर कन्ट्रोल हुन्छ।
मैले सोधेँ, “यो किन्दा कति पर्छ?”
उहाँले भन्नुभयो, “डाक्टर साहब, सुरुमा १२०० भनेको थियो। पछि २५००, ३५००, ४५०० सम्म पनि खर्च हुँदो रहेछ।”
मैले सोधेँ, “तपाईंसँग यति पैसा खर्च गर्ने अवस्था छ त?”
उहाँको उत्तरले मन छोयो—
“पैसा त छैन डाक्टर साहब, तर के गर्नु… सुगर कन्ट्रोल हुन्छ कि भन्ने आश लाग्छ।”
यही आशाको गलत फाइदा कसैले नउठाओस्।
मधुमेह नियन्त्रणका लागि प्रमाणित उपचारसँगै नियमित हिँडडुल/व्यायाम, उचित खानपान, पर्याप्त निद्रा, मानसिक तनावको व्यवस्थापन र चिकित्सकले दिएको औषधि नियमित लिनु अत्यन्त महत्त्वपूर्ण हुन्छ।
बजारमा नयाँ कुरा आयो भन्दैमा, सामाजिक सञ्जालमा आकर्षक विज्ञापन देखियो भन्दैमा आफ्नो मेहनतले जोगाएको पैसा हतारमा खर्च नगर्नुहोस्।
एकपटक आफ्नो चिकित्सकलाई सोध्नुहोस्—
“डाक्टर, यस्तो कुरा बजारमा आएको रहेछ। के यो साँच्चै उपयोगी र प्रमाणित छ? मैले प्रयोग गर्न मिल्छ?”
सही जानकारी लिनुहोस्, प्रमाणित उपचार रोज्नुहोस्।
आशाको पछि होइन, प्रमाणको पछि लागौँ।
धन्यवाद। 🙏
Dr Dipak Malla
@swasthyapharmacy
15 hours ago | [YT] | 2
View 0 replies
SWASTHYA PHARMACY
🙏 जनहितमा जारी सन्देश।
आज बिहान अस्पतालको वार्डमा एउटा दृश्यले मलाई तीनछक्क पार्यो।
अप्रेसनपछि राखिएको एक जना मधुमेहको बिरामीलाई हेर्न गएको थिएँ।
मैले सोधेँ—
“केही खानुभयो?”
उहाँले भन्नुभयो—
“केही खाएको छैन डाक्टर साब, भोक लागेको छ। श्रीमती खाजा लिन जानुभएको छ।”
म वार्डबाट निस्कँदै गर्दा उहाँकी श्रीमती खाजा लिएर आइपुग्नुभयो।
मैले उत्सुक भएर सोधेँ—
“ल, बिरामीलाई के खाजा ल्याउनुभयो त?”
झोलाभित्र हेर्दा—पकौडा, आलुचप र समोसा!
भर्खरै अप्रेसन भएको बिरामी, त्यसमाथि मधुमेह पनि छ।
एकछिन त म आफैँ छक्क परेँ—
“यो कसको लागि ल्याउनुभएको?”
“बिरामीकै लागि हो डाक्टर साब, उहाँलाई खान मन लागेको थियो।”
अब प्रश्न उहाँहरूको मात्र होइन, हामी सबैको हो।
कृपया एउटा कुरामा विशेष ध्यान दिनुहोला। 🙏
अप्रेसनपछि के खाने, के नखाने र कस्तो खाना खाने भन्ने कुरा एकदमै महत्त्वपूर्ण हुन्छ। विशेष गरी मधुमेह भएका बिरामीमा रगतमा चिनी धेरै बढेमा काटेको घाउ निको हुन ढिलो हुन सक्छ र संक्रमणको जोखिम पनि बढ्न सक्छ।
त्यसैले आफ्नो मनले वा बिरामीलाई खान मन लाग्यो भन्दैमा जथाभावी खाना नल्याउनुहोस्। ड्युटीमा रहनुभएका डाक्टर वा नर्सलाई सोधेर मात्र बिरामीको अवस्थाअनुसार उपयुक्त खाना दिनुहोस्।
र यो जिम्मेवारी बिरामी र आफन्तको मात्रै पनि होइन—हामी स्वास्थ्यकर्मीको पनि हो।
अप्रेसन गर्नुअघि र अप्रेसनपछि बिरामी तथा उहाँका आफन्तलाई के खान मिल्छ, के मिल्दैन, कहिलेदेखि खान मिल्छ र किन सावधानी अपनाउनुपर्छ भन्ने कुरा स्पष्ट रूपमा बुझाउनु हाम्रो जिम्मेवारी हो।
Dr. Dipak Malla.
@swasthyapharmacy
16 hours ago | [YT] | 0
View 0 replies
SWASTHYA PHARMACY
⚠️ ध्यान दिनुहोस्:
केही बच्चाहरू स्वाभाविक रूपमा अरूभन्दा ढिलो हिँड्न सक्छन्। तर बच्चाको विकासका अन्य पक्षमा पनि ढिलाइ देखिएमा वा बच्चा हिँड्न नसकेको विषयमा चिन्ता लागेमा बालरोग विशेषज्ञसँग परामर्श गर्नु उचित हुन्छ।
👨⚕️ DR. ANWESH BHATTA
Consultant Paediatrician
❤️ Like | 💬 Comment | ↗️ Share
@swasthyapharmacy
1 day ago | [YT] | 5
View 0 replies
SWASTHYA PHARMACY
बच्चाको Height कहिलेदेखि जाँच गर्ने?
जन्मदेखि नै!
बच्चाको उचाइ नियमित रूपमा नाप्नुहोस् र Growth Chart मा उमेरअनुसारको वृद्धिसँग तुलना गर्नुहोस्।
वृद्धि अपेक्षाअनुसार नभए Pediatrician सँग परामर्श गर्नुहोस्।
@swasthyapharmacy
1 day ago | [YT] | 3
View 0 replies
SWASTHYA PHARMACY
विद्यालयमै पुगेर हैजा खोप 💉🏫
बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिमलाई मध्यनजर गर्दै हैजा रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान जारी छ।
नेपाल रेडक्रस सोसाइटीबाट परिचालित स्वास्थ्य स्वयंसेवकहरूले विदुर नगरपालिकाभित्रका सरकारी तथा निजी विद्यालयहरूमा पुगेर यसअघि हैजा खोप खान छुटेका शिक्षक तथा विद्यार्थीहरूलाई खोप खुवाउने कार्य सम्पन्न गरेका छन्।
बाढी तथा विपद्का समयमा सुरक्षित खानेपानी र सरसफाइमा चुनौती थपिन सक्छ र पानी तथा खानाबाट सर्ने रोगको जोखिम बढ्न सक्छ। त्यसैले खोपबाट छुटेका व्यक्तिलाई खोपको पहुँचमा ल्याउनु, सुरक्षित पानी पिउनु, साबुनपानीले हात धुनु र खानेकुराको स्वच्छतामा ध्यान दिनु अत्यन्त महत्वपूर्ण छ।
👉 हैजाबाट बचौँ, सुरक्षित पानी पिऔँ, स्वच्छता अपनाऔँ र खोपबाट नछुटौँ।
@swasthyapharmacy
2 days ago | [YT] | 10
View 0 replies
SWASTHYA PHARMACY
साना बालबालिका लाई यसरी extra activities मा लगाउन पनि जरुरी छ। जसले बालबालिकामा सकारात्मक सोच र उर्जा पनि प्रसस्त पाउछन् ।
https://youtu.be/f3zy728kIxA?si=vrRSS...
2 days ago | [YT] | 1
View 0 replies
SWASTHYA PHARMACY
3 days ago | [YT] | 8
View 0 replies
SWASTHYA PHARMACY
🦟 जापानिज इन्सेफ्लाइटिस (JE) विरुद्धको खोप अभियान जारी
खोपसँगै लामखुट्टेको टोकाइबाट पनि बचौँ।
जापानिज इन्सेफ्लाइटिस (JE) विरुद्धको विशेष खोप अभियानअन्तर्गत झापा र कैलालीमा अभियान सञ्चालन भइरहेको छ।
📊 असोज १५, २०८३ सम्मको प्रगति:
🎯 कुल लक्ष्य: ६,६९,६६२
💉 खोप लगाएका: ४,५८,५६७
📈 उपलब्धि: ६८.५०%
📍 झापा: ७०.३०%
📍 कैलाली: ६३.३९%
❗ खोप लगाउन छुट्नुभएको छ?
नजिकैको खोप केन्द्रमा सम्पर्क गरी JE विरुद्धको खोप लगाउनुहोस्।
@swasthyapharmacy
3 days ago | [YT] | 1
View 0 replies
SWASTHYA PHARMACY
रसुवा र नुवाकोट जिल्लाका बाढी प्रभावित क्षेत्रमा ७० हजार भन्दा बढीलाई खोप दिईएको छ ।
जसमध्ये
📍 रसुवा: १६,७५६ जनाले हैजाविरुद्धको खोप
📍 नुवाकोट: ५२,०७८ जनाले हैजाविरुद्धको खोप
💉 टि.डी. तथा टि.टी. खोप: १,३०२ जनालाई
यसैबीच,
🔹 रसुवा र नुवाकोटमा MR खोप अभियानको तयारी सुरु भएको छ।
🔹 धादिङ, गोरखा र तनहुँका बाँकी प्रभावित वडाहरूमा OCV अभियानको तयारी भइरहेको छ।
🔹 रसुवा र नुवाकोटमा परीक्षण गरिएका नमुनामा हालसम्म दादुरा तथा रुबेला संक्रमण पुष्टि भएको छैन।
🔹 प्रभावित क्षेत्रमा नियमित खोप सेवा र रोग निगरानीलाई निरन्तरता दिइएको छ।
🔹 WHO र UNICEF को प्राविधिक सहयोग, समन्वय तथा अनुगमन जारी छ।
🔹 समुदायमा खोप तथा स्वास्थ्यसम्बन्धी सही जानकारी पुर्याउन RCCE गतिविधि सञ्चालन भइरहेको छ।
💙 बाढी तथा विपद्को समयमा पनि खोप सेवा नछुटाऔँ। आफ्नो नजिकको खोप केन्द्रमा गई समयमै खोप लगाऔँ।
@swasthyapharmacy
4 days ago | [YT] | 0
View 0 replies
SWASTHYA PHARMACY
"हरेक धड्कनको ख्याल गरौँ ।"
विश्व मुटु दिवस २०२६ को शुभकामना ।
मुटुको ख्याल राख्नु भनेको जीवनको ख्याल राख्नु हो ।
स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम, पर्याप्त आराम, तनाव व्यवस्थापन र नियमित रुपमा गरिने स्वास्थ्य परीक्षणले मुटु रोगको जोखिम घटाउँछ ।
स्वस्थ जीवनशैली अपनाऔँ, मुटु रोगको जोखिम घटाऔँ ।
विश्व मुटु दिवस २०२६
Don’t Miss a Beat | हरेक धड्कनको ख्याल गरौँ
#WorldHeartDay #विश्व_मुटु_दिवस #2026 #DontMissABeat #हरेक_धड्कनको_ख्याल_गरौँ #HeartHealth #HealthyHeart #NHEICC #Nepal
@swasthyapharmacy
6 days ago | [YT] | 5
View 0 replies
Load more