देशदृश्य: राष्ट्रको जिवन्त चित्र हो। श्रव्यदृश्य सामग्रीमार्फत् सम्भावनाको उजागर र मार्गदर्शक बन्ने प्रयत्न रहनेछ। हरेक सामग्री व्यक्तिगतदेखि राष्ट्रिय जीवन समृद्ध बनाउने सेतुका रुपमा यहाँ प्रस्तुत हुनेछन्। भुँईमान्छेदेखि राष्ट्रको नेतृत्वकर्तासम्मको आवाज आममानिससम्म पुर्याउने र खबरदारी गर्ने अभिष्ट सदैव रहनेछ। त्यस्तै सभ्यता र संस्कृति प्रवर्द्धनमा विशेष ध्यान हुनेछ।
deshdrishya: A landscape is a living picture of a nation. Through audio-visual content, will try to expose the potential and become a guide. Every material will be presented here as a bridge to enrich the national life. There will always be a person who carries the voice to the common man and warns, from the people of the land to the leaders of the nation. Similarly,special attention will be given to the promotion of civilization and culture.
Connect with us:
facebook.com/deshdrishya
x.com/DeshDrishya
youtube.com/@deshdrishya
deshdrishya@gmail.com
tiktok.com/@desh.drishya
All Rights Reserved : @deshdrishya #deshdrishya
desh drishya
जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा गर्नुभएको छ ।
9 months ago | [YT] | 1
View 0 replies
desh drishya
शितल निवासमा शीर्ष सम्वाद । अन्तरिम सरकारको १०० दिनपछि राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र तीन पूर्वप्रधानमन्त्री एवम् साविकका प्रमुख तीन दलका शीर्षनेतावीच भेटवार्ता । #politics #nepal #deshdrishya
10 months ago | [YT] | 8
View 0 replies
desh drishya
शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से ३ अंकले बढ्दा ३अर्ब ४२ करोड रुपैंयाँ बराबरको कारोबार भएको छ । #NEPSE #deshdrishya
10 months ago | [YT] | 0
View 0 replies
desh drishya
साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन आइतबार १९.९२ अंकले घटेको नेप्से परिसूचक आज १३.८८ अंकले ओरालो लागेको हो। नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ।
यसदिन ३३२ स्क्रिप्सको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ रुपैयाँमा खरिदबिक्री भए। आइतबार ४ अर्ब बराबरको सेयर कारोबार भएको थियो।
आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका अनु्सार लुम्बिनी विकास बैंक शीर्षस्थानमा रह्यो। सो बैंकले १० करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। सन नेपाल लाइफ इन्स्योरेन्सले ८ करोडको सेयर कारोबार गर्दा मन्जुश्री फाइनान्स,हिमालयन पावर र सिटीजन्स लाइफ इन्स्योरेन्सले ७ /७ करोडको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये ५४ वटा स्टक्सको मूल्य बढ्दा २०० वटाको घट्यो। बाँकी ५ समूहको मूल्य भने स्थिर रह्यो। ट्रेडिङ समूहको उपसूचकबाहेक अरु समूहको उपसूचक भने नकारात्मक देखिएका छन्।।
10 months ago | [YT] | 0
View 0 replies
desh drishya
रिहाईलगत्तै समर्थकसामू रास्वपा सभापति रवि लामिछाने। @deshdrishya
10 months ago | [YT] | 6
View 0 replies
desh drishya
BREAKING!
उच्च अदालत तुलसीपुरकाे बुटवल इजलासबाट रास्वपा सभापति रवि लामिछानेलाई धराैटीमा रिहा गर्न आदेश। #RabiLamichhane #RSP
10 months ago | [YT] | 8
View 0 replies
desh drishya
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले ह्याट्रिक गर्नुभएको छ । एघारौं महाधिवेशनबाट तेश्रोपटक ओली अध्यक्षमा निर्वाचित हुँदा पदाधिकारीमा पनि बहुसंख्यक ओलीपक्षका चुनिएका छन् ।
एमाले महाधिवेशन अन्तिम मतपरिणाम
अध्यक्ष
ईश्वर पोखरेल : ५६४
केपि शर्मा ओली : १६६३
उपाध्यक्ष
अरुण नेपाल : ४३९
गुरु प्रसाद बराल : ११३७
गोकर्णराज विष्ट : १३६८
टकं प्रसाद कार्की : ३५८
पर्शुराम मेघि गुरुङ्ग :४६१
पृथ्वी सुव्वा गुरुङ : १७३७
भिम प्रसाद आचार्य : २६५
रघु जी पन्त : १२५८
रामबहादुर थापा बादल : १५१६
विन्दा पाण्डे :९२१
विष्णु प्रसाद पौडेल : १६७५
महासचिव
शंकर पोख्रेल : १२२८
सुरेन्द्र प्रसाद पाण्डे :९९९
उपमहासचिव
आनन्दप्रसाद पोख्रेल :६३५
योगेस भट्टराइ : १३४८
रघुविर महासेठ : १३६८
राजेन्द्र प्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णु प्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७
सचिव
अग्नि प्रसाद खरेल : ७१६
इन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा :८४७
कृष्ण गोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१
गोकुल प्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुर प्रसाद गैरे : ८८३
पद्मा कुमारी अर्याल : १५३०
पुर्सोतम पौडेल :४६२
पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५३४
यमलाल कडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराइ : ११८१
लाल बाबु पण्डित :७९६
विनोद प्रसाद ढकाल : ६८४
शेरधन राई : १५०३
हिक्मत कुमार कार्की १३३७
10 months ago (edited) | [YT] | 2
View 0 replies
desh drishya
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताउनुभएको छ ।
राष्ट्रिय गौरबको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर व्यारेजको आज निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्विपक्षीय भेटमा निरन्तरता छलफल गरिनुका साथै पत्राचारसमेत भइरहेको बताउनुभएको हो । कञ्चनपुरका शुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतकातर्फबाट पानी छोड्ने निर्णय आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नेपाल—भारतबीच एकीकृत महाकाली सन्धिअनुरुप नेपालले हिउँदयामा तीन सय क्यूसेक र वर्षायाममा एक हजार क्यूसेक पानी पाउने व्यवस्था रहेको छ ।
सन्धि बमोजिम पानी उपयोगिता गरी सिँचाइ सुविधा उपलब्ध गराउन संरचना बनिसकेका छन् । करिब ९ अर्ब लगानी भइसक्दा पनि प्रतिफल पाउन नसकेको भन्दै स्थानीय रुपमा आलोचना हुने गरेको छ । पानी सञ्चालन नभएकाले निर्मित संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ ।
महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार, भूमिगत सिँचाइबाट ५ हजार गरी ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ । आयोजनाको कूल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ ।।
10 months ago | [YT] | 3
View 0 replies
desh drishya
नेकपा एमालेको एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेपछि प्रतिनिधिहरु धमाधम मतदान गरिरहेका छन् । मतदानमा विद्युतीय भोटिङ मेशीन प्रयोग गरिएको छ । यसले मतदानपछि नतिजाका लागि धेरै समय कुर्नुपर्ने छैन ।
10 months ago | [YT] | 5
View 0 replies
desh drishya
जनकपुरको पहिलो जीत : नेपाल प्रिमियर लिग (एनपिएल)मा साबिक विजेता जनकपुर बोल्ट्सले चितवन राईनोजविरुद्ध ६ विकेटले जीत निकालेको छ ।
10 months ago | [YT] | 0
View 0 replies