प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन जाने भएपछि राष्ट्रपतिले अर्थमन्त्री स्वर्णिम वाग्ले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्। शाह राष्ट्रसङ्घको महासभामा भाग लिन आज साँझ ७ बजे न्यूयोर्क प्रस्थान गर्न लागेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आफ्नो अनुपस्थितिमा अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन शाहले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। शाहले राष्ट्रसङ्घीय महासभामा असोज ८ गते सम्बोधन गर्ने र असोज १० गते स्वदेश फिर्ता हुने कार्यतालिका छ।
जापानका विभिन्न प्रान्तमा शक्त्तिशाली टाइफून ‘डुजुआन’ले असर पुर्याएको छ। यो समुद्री आँधीका कारण जापानको पूर्वी भेगमा ठूलो पानी परेको छ र हावाहुरी चलेको छ। जापानमा यस वर्षको यो २५औँ समुद्री आँधी हो।
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज संयुक्त्त राज्य अमेरिका प्रस्थान गर्दै छन्। प्रधानमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमणबारे तपाईँको धारणा कृपया तल कमेन्टमा लेख्नुहोस्।
२०औँ एसियाली खेलकुद: महिला कबड्डीको पुनरागमन पहिलो हाफमा ९ अङ्कको फराकिलो अन्तरले पछि परे पनि नेपाली महिला कबड्डी टोलीले शानदार पुनरागमन गर्दै २० औँ एसियाली खेलकुदको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले पराजित गरेको छ। खेलको पहिलो हाफमा नेपाल २४–१५ ले पछि परेको थियो। तर दोस्रो हाफमा नेपाली खेलाडीहरूले आक्रामक खेल प्रस्तुत गरे। थाइल्यान्डको रक्षापङ्क्ति तोड्दै लगातार दबाव सिर्जना गरे र थाइल्यान्डलाई दुई पटक ‘अलआउट’ गर्न सफल भए। दोस्रो हाफमा नेपालले ३१-१९ अङ्कको अग्रता बनायो र समग्रमा खेल ४६–४३ अङ्कले जित्न सफल भयो। जापानको आइची नागोयामा आशा गरिएका नेपाली खेलाडीहरू पराजित भइरहेका बेला महिला कबड्डीको यो जित निकै महत्त्वपूर्ण देखिएको छ। महिला कबड्डी टोलीले गत एसियाली खेलकुदमा पनि कांस्य पदक जित्न सफल भएको थियो। टोलीले अब लीग चरणमा श्रीलङ्का र चाइनिज ताइपेई सँग खेल्ने छ। समूह बी मा रहेको नेपाल सहितको चार टोलीमा शीर्ष दुई टोली सिधै सेमिफाइनलमा प्रवेश गर्ने छ।
राजदूत नियुक्तिको प्रक्रिया अगाडि बढ्यो, आज प्रस्तावित नामहरूबाट तपाईँ के अपेक्षा गर्नुहुन्छ? कृपया कमेन्ट गर्नुहोस् #BBCNepali#NepalPolitics#Diplomacy
भारत भ्रमणमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रवार त्यहाँका विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका छन्।
भेटपछि जयशङ्करले 'एक्स'मा गरेको पोस्टमा दुई देशबीच समग्र सहकार्यका विषयमा कुराकानी भएको बताएका छन्। साथै उनले हालैको बाढीमा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेको उल्लेख गरेका छन्।
भेटका क्रममा मन्त्री वाग्लेले रसुवामा आएको बाढीपछिको उद्धार तथा राहत अभियानमा भारतले गरेको सहयोगका लागि जयशङ्करलाई धन्यवाद दिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
दुई मन्त्रीहरूबीच दुई देशबीचको दीर्घकालीन सम्बन्धलमई अझ गहिरो बनाउने र विशेष गरी लगानी, ऊर्जा अनि कनेक्टिभिटीसम्बन्धी सहकार्यलाई अझ बलियो बनाउने उपायबारे चर्चा भएको पनि दूतावासले आफ्नो सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ।
वाग्लेले हिजो बिहीवार भारतीय समकक्षी निर्मला सीतारमणसँग समेत वार्ता गरेका थिए।
वाग्लेको भारत भ्रमणमा क्रममा नेपालको विनाशकारी बाढीपछिको पुर्ननिर्माणमा भारतीय सहायताबारे कुरा भएको भ्रमणदलमा रहेका अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्सालले बीबीसीलाई बताएका छन्।
मन्त्रिपरिषद्को शुक्रवारको बैठकले विभिन्न १३ देशका लागि नेपाली राजदूतहरूको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाउने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार निम्न व्यक्तिहरूको नाम सिफारिस गरिएको छ - १. भारतका लागि डा निश्चलनाथ पाण्डे २. चीनका लागि डा कल्याणराज शर्मा ३. संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा ४. यूकेका लागि गौरवशमशेर जङ्गबहादुर राणा ५. जर्मनीका लागि सरू जोशी ६. इजरेलका लागि सुरेशकुमार कर्ण ७. स्पेनका लागि प्राप्ति शेरचन ८. जापानका लागि जिज्ञानकुमार थापा ९. ओमानका लागि डा. पद्माक्षी राणा १०. मलेशियाका लागि चूडामणि खरेल ११. दक्षिण कोरियाका लागि सङ्गम श्रेष्ठ १२. श्रीलङ्काका लागि मञ्चला झा १३. साउदी अरेबियाका लागि गिरिबहादुर सुनार
बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको सचिवालयले जनाएको छ।
त्यसै गरी हाल कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गरिएको छ।
बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको सचिवालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।
भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उच्च अदालतले इस्लाम धर्म अपनाएका र मुस्लिम महिलासँग बिहे गरेका एक पुरुषमाथि लगाइएका प्रतिबन्धहरू हटाउन आदेश दिएको छ।
आफ्ना बुवाको इच्छाविपरीत बिहे गरेपछि आफूलाई कानुनी प्रतिबन्धमा राखिएको भन्दै आयुष मलिकले अदालतको ढोका ढकढक्याएका थिए।
गलत ढङ्गले छोरालाई प्रभावित पारिएको भन्दै उनका बुवाले धर्मान्तरविरुद्धको कानुनबमोजिम निवेदन दिएका थिए। तर अदालतले धर्म रोज्न र इच्छानुसार बिहे गर्न आयुष स्वतन्त्र रहेको निर्णय सुनाएको छ।
पृथ्वीको सतहमा भण्डार भएको ताजा पानी गम्भीर रूपमा घटेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
नदी तथा तालहरू सुक्न थालेका र हिमनदीहरू सङ्कुचित भइरहेका बिहीवार सार्वजनिक एउटा प्रतिवेदनमा जनाइएको छ।
पानीका स्रोतसम्बन्धी संयुक्त राष्ट्रसङ्घको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ्दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढी र सुक्खा दुवै निम्त्याउने औँल्याएको छ।
यसले एशिया र अफ्रिकामा गम्भीर असर पर्ने प्रतिवेदनले चेतावनी दिएको छ।
BBC News Nepali
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन जाने भएपछि राष्ट्रपतिले अर्थमन्त्री स्वर्णिम वाग्ले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्।
शाह राष्ट्रसङ्घको महासभामा भाग लिन आज साँझ ७ बजे न्यूयोर्क प्रस्थान गर्न लागेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आफ्नो अनुपस्थितिमा अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन शाहले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए।
शाहले राष्ट्रसङ्घीय महासभामा असोज ८ गते सम्बोधन गर्ने र असोज १० गते स्वदेश फिर्ता हुने कार्यतालिका छ।
#BBCNepali #BalenShah #SwarnimWagle
20 hours ago | [YT] | 669
View 2 replies
BBC News Nepali
जापानका विभिन्न प्रान्तमा शक्त्तिशाली टाइफून ‘डुजुआन’ले असर पुर्याएको छ। यो समुद्री आँधीका कारण जापानको पूर्वी भेगमा ठूलो पानी परेको छ र हावाहुरी चलेको छ। जापानमा यस वर्षको यो २५औँ समुद्री आँधी हो।
#BBCNepali #TyphoonDujuan #Japan
21 hours ago | [YT] | 58
View 0 replies
BBC News Nepali
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज संयुक्त्त राज्य अमेरिका प्रस्थान गर्दै छन्। प्रधानमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमणबारे तपाईँको धारणा कृपया तल कमेन्टमा लेख्नुहोस्।
#BBCNepali #BalenShah #NepalGovernment
21 hours ago | [YT] | 314
View 33 replies
BBC News Nepali
२०औँ एसियाली खेलकुद: महिला कबड्डीको पुनरागमन
पहिलो हाफमा ९ अङ्कको फराकिलो अन्तरले पछि परे पनि नेपाली महिला कबड्डी टोलीले शानदार पुनरागमन गर्दै २० औँ एसियाली खेलकुदको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले पराजित गरेको छ।
खेलको पहिलो हाफमा नेपाल २४–१५ ले पछि परेको थियो।
तर दोस्रो हाफमा नेपाली खेलाडीहरूले आक्रामक खेल प्रस्तुत गरे। थाइल्यान्डको रक्षापङ्क्ति तोड्दै लगातार दबाव सिर्जना गरे र थाइल्यान्डलाई दुई पटक ‘अलआउट’ गर्न सफल भए।
दोस्रो हाफमा नेपालले ३१-१९ अङ्कको अग्रता बनायो र समग्रमा खेल ४६–४३ अङ्कले जित्न सफल भयो।
जापानको आइची नागोयामा आशा गरिएका नेपाली खेलाडीहरू पराजित भइरहेका बेला महिला कबड्डीको यो जित निकै महत्त्वपूर्ण देखिएको छ।
महिला कबड्डी टोलीले गत एसियाली खेलकुदमा पनि कांस्य पदक जित्न सफल भएको थियो।
टोलीले अब लीग चरणमा श्रीलङ्का र चाइनिज ताइपेई सँग खेल्ने छ। समूह बी मा रहेको नेपाल सहितको चार टोलीमा शीर्ष दुई टोली सिधै सेमिफाइनलमा प्रवेश गर्ने छ।
#BBCNepali #AsianGames2026 #NepalKabbadi
22 hours ago | [YT] | 43
View 0 replies
BBC News Nepali
राजदूत नियुक्तिको प्रक्रिया अगाडि बढ्यो, आज प्रस्तावित नामहरूबाट तपाईँ के अपेक्षा गर्नुहुन्छ? कृपया कमेन्ट गर्नुहोस्
#BBCNepali #NepalPolitics #Diplomacy
4 days ago | [YT] | 219
View 6 replies
BBC News Nepali
भारत भ्रमणमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रवार त्यहाँका विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका छन्।
भेटपछि जयशङ्करले 'एक्स'मा गरेको पोस्टमा दुई देशबीच समग्र सहकार्यका विषयमा कुराकानी भएको बताएका छन्। साथै उनले हालैको बाढीमा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेको उल्लेख गरेका छन्।
भेटका क्रममा मन्त्री वाग्लेले रसुवामा आएको बाढीपछिको उद्धार तथा राहत अभियानमा भारतले गरेको सहयोगका लागि जयशङ्करलाई धन्यवाद दिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
दुई मन्त्रीहरूबीच दुई देशबीचको दीर्घकालीन सम्बन्धलमई अझ गहिरो बनाउने र विशेष गरी लगानी, ऊर्जा अनि कनेक्टिभिटीसम्बन्धी सहकार्यलाई अझ बलियो बनाउने उपायबारे चर्चा भएको पनि दूतावासले आफ्नो सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ।
वाग्लेले हिजो बिहीवार भारतीय समकक्षी निर्मला सीतारमणसँग समेत वार्ता गरेका थिए।
वाग्लेको भारत भ्रमणमा क्रममा नेपालको विनाशकारी बाढीपछिको पुर्ननिर्माणमा भारतीय सहायताबारे कुरा भएको भ्रमणदलमा रहेका अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्सालले बीबीसीलाई बताएका छन्।
#BBCNepali #SwarnimWagle #India
4 days ago | [YT] | 315
View 7 replies
BBC News Nepali
मन्त्रिपरिषद्को शुक्रवारको बैठकले विभिन्न १३ देशका लागि नेपाली राजदूतहरूको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाउने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार निम्न व्यक्तिहरूको नाम सिफारिस गरिएको छ -
१. भारतका लागि डा निश्चलनाथ पाण्डे
२. चीनका लागि डा कल्याणराज शर्मा
३. संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा
४. यूकेका लागि गौरवशमशेर जङ्गबहादुर राणा
५. जर्मनीका लागि सरू जोशी
६. इजरेलका लागि सुरेशकुमार कर्ण
७. स्पेनका लागि प्राप्ति शेरचन
८. जापानका लागि जिज्ञानकुमार थापा
९. ओमानका लागि डा. पद्माक्षी राणा
१०. मलेशियाका लागि चूडामणि खरेल
११. दक्षिण कोरियाका लागि सङ्गम श्रेष्ठ
१२. श्रीलङ्काका लागि मञ्चला झा
१३. साउदी अरेबियाका लागि गिरिबहादुर सुनार
बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको सचिवालयले जनाएको छ।
त्यसै गरी हाल कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गरिएको छ।
बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको सचिवालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।
#BBCNepali #NepalPolitics #CabinetMeeting
4 days ago | [YT] | 235
View 1 reply
BBC News Nepali
भोटेकोशी-त्रिशूली बाढीको असर चाडबाडको बजारसम्म, केके सामान प्रभावित होलान्?
पूरा समाचार : bbc.in/4y2hy2n
#BBCNepali #NepalFlood #Trade
4 days ago | [YT] | 67
View 0 replies
BBC News Nepali
भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उच्च अदालतले इस्लाम धर्म अपनाएका र मुस्लिम महिलासँग बिहे गरेका एक पुरुषमाथि लगाइएका प्रतिबन्धहरू हटाउन आदेश दिएको छ।
आफ्ना बुवाको इच्छाविपरीत बिहे गरेपछि आफूलाई कानुनी प्रतिबन्धमा राखिएको भन्दै आयुष मलिकले अदालतको ढोका ढकढक्याएका थिए।
गलत ढङ्गले छोरालाई प्रभावित पारिएको भन्दै उनका बुवाले धर्मान्तरविरुद्धको कानुनबमोजिम निवेदन दिएका थिए। तर अदालतले धर्म रोज्न र इच्छानुसार बिहे गर्न आयुष स्वतन्त्र रहेको निर्णय सुनाएको छ।
#BBCNepali #India #Religon
5 days ago | [YT] | 103
View 2 replies
BBC News Nepali
पृथ्वीको सतहमा भण्डार भएको ताजा पानी गम्भीर रूपमा घटेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
नदी तथा तालहरू सुक्न थालेका र हिमनदीहरू सङ्कुचित भइरहेका बिहीवार सार्वजनिक एउटा प्रतिवेदनमा जनाइएको छ।
पानीका स्रोतसम्बन्धी संयुक्त राष्ट्रसङ्घको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ्दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढी र सुक्खा दुवै निम्त्याउने औँल्याएको छ।
यसले एशिया र अफ्रिकामा गम्भीर असर पर्ने प्रतिवेदनले चेतावनी दिएको छ।
#BBCNepali #Water #Nature
5 days ago | [YT] | 85
View 0 replies
Load more