सफलता कसरी प्राप्त गर्ने ?

१. अध्ययन सामाग्री छनौट, संकलन र ब्यबस्थापन,
२. अध्ययन समय तालीका निर्माण गर्ने,
३. अध्ययनलाई सतहि देखि गहिराइमा लिने,
४. निष्कर्ष




Smart Study Hub

यस्तै जल्लादलाई चौडामा जलाएर मार्नुपर्ने
लिङ्ग काटेर कुकुरलाई खुवाउनुपर्ने
अब कति सहनुपर्ने नाबालिकामाथिको यो पाशविक अत्याचार? फूलजस्ता बालबालिका पनि सुरक्षित छैनन् यो देशमा?🤔 ३ वर्षीया नाबालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको निर्मम हत्याले मानवता नै लज्जित भएको छ 😡😥😪। यो जघन्य अपराधमा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गरियोस्! हत्यारालाई फाँसी दे - गरिमालाई न्याय दे सरकार! ⚖️💔"😪
#ShareThisPost
#likecommentsharefollowsupport
#foryoupageシ
#foryouシ
#everyonehighlightsfollowers

1 month ago | [YT] | 1

Smart Study Hub

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापनसम्बन्धी सूचना २०८२

#tscpreparation #tscvacancy #bigyapan
#gk #gkquiz #TSC #psc #loksewa #नेपालकोलोकसेवा #खरिदार #नासु #loksewapreparation #sectionofficer #लोकसेवा #खरिदारनासु #LoksewaTayari #loksewapreparation #quiz #सामान्यज्ञान #Kharidar #nasu #loksewagk

8 months ago (edited) | [YT] | 3

Smart Study Hub

अन्नपूर्ण पोस्टमा समाचार :-
निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण परीक्षा स्थगित गर्न लोकसेवा आयोगलाई पत्राचार गर्ने भएको छ।

9 months ago | [YT] | 1

Smart Study Hub

चुनाबमा समानुपातिक प्रतिनिधित्व र जागीरमा आरक्षणको अवधारणा राज्यले सामाजिक न्याय स्थापना गर्न अपनाएको एक महत्वपूर्ण नीति हो । यसको मुख्य उद्देश्य समाजमा ऐतिहासिक रूपमा पछि पारिएका, अवसरबाट वञ्चित गरिएका र संरचनागत विभेद भोग्दै आएका वर्ग, समुदाय तथा क्षेत्रलाई समान अवसर प्रदान गर्नु हो । राज्यको मूलधारमा सबैको पहुँच पुर्‍याउनु र समावेशी शासन प्रणाली निर्माण गर्नु नै यसको केन्द्रबिन्दु हो ।
समानुपातिक प्रणाली र आरक्षण कुनै दया, कृपा वा उपहार होइन । यो त लामो समयदेखि भइरहेका अन्याय, विभेद र बहिष्करणको क्षतिपूर्ति गर्ने संवैधानिक व्यवस्था हो । शिक्षा, रोजगारी, राजनीति र प्रशासनमा पहुँच नपाएका समुदायलाई अगाडि ल्याउने सोचबाट यी प्रावधानहरू ल्याइएका हुन् । त्यसैले यसको प्रयोग सधैं आवश्यकता र वास्तविक अवस्थाको आधारमा हुनुपर्छ ।
तर व्यवहारमा यसको मर्म र उद्देश्यभन्दा बिल्कुलै फरक अभ्यास भइरहेको देखिन्छ । समानुपातिक सूची र आरक्षणको लाभ एकै व्यक्ति वा सीमित घेराभित्रकै व्यक्तिले पटक–पटक लिइरहेका छन् । आर्थिक रूपमा सबल, सामाजिक रूपमा स्थापित र राजनीतिक पहुँच भएका व्यक्तिहरू पुनः पुनः यिनै सुविधामा आश्रित भइरहेका छन् । यसले वास्तवमै कमजोर र पिछडिएका नागरिकको हक खोसिएको अनुभूति गराएको छ ।
यदि कुनै व्यक्ति समानुपातिक प्रतिनिधित्व वा आरक्षणको माध्यमबाट आर्थिक, सामाजिक र शैक्षिक रूपमा सक्षम भइसकेको छ भने उसले अर्को अवसरबाट पछि हटेर अरूलाई स्थान दिनु पर्ने हो । तर यहाँ व्यक्तिगत स्वार्थ, पारिवारिक घेराबन्दी र दलगत निष्ठाका आधारमा अवसर बाँडिने परिपाटी मौलाउँदै गएको छ । यसले समानुपातिक र आरक्षणलाई सामाजिक न्यायको साधन होइन, व्यक्तिगत उन्नतिको भर्‍याङ बनाइदिएको छ ।
यस प्रकारको अभ्यासले समाजमा गम्भीर असन्तोष पैदा गरेको छ । वास्तविक रूपमा पिछडिएका, सीमान्तकृत र कमजोर वर्ग अझै पनि अवसरको प्रतीक्षामा बस्न बाध्य छन् । योग्य र क्षमतावान व्यक्तिहरू केवल पहुँच नहुँदा अवसरबाट वञ्चित भइरहेका छन् । यसले राज्यप्रति नागरिकको भरोसा कमजोर बनाउँदै लगेको छ ।
समानुपातिक र आरक्षणको दुरुपयोगले समाजमा विभाजन पनि बढाएको छ । एउटै समुदायभित्र पनि अवसर पाएका र नपाएका बीच दूरी बढ्दै गएको छ । यसले सामाजिक एकता कमजोर बनाउने खतरा बोकेको छ । यदि यसरी नै सीमित व्यक्तिले मात्र अवसर कब्जा गर्दै जाने हो भने आरक्षणको औचित्य नै समाप्त हुने छ ।
राज्यले अब यस विषयमा गम्भीर आत्ममूल्यांकन गर्न आवश्यक छ । समानुपातिक र आरक्षण पाउने मापदण्डलाई समयानुकूल पुनरावलोकन गर्नुपर्छ । एकपटक सुविधा लिइसकेपछि पुनः त्यही सुविधा लिने व्यवस्था रोक्न स्पष्ट नीति बनाइनु आवश्यक छ । वास्तविक रूपमा पिछडिएको अवस्था नपुगेसम्म मात्र यस्तो सुविधा सीमित गरिनु पर्दछ ।
साथै, पारदर्शिता र जवाफदेहिता सुनिश्चित नगरी समानुपातिक र आरक्षणको सही कार्यान्वयन सम्भव छैन । कसले, किन र कति पटक लाभ लिएको छ भन्ने स्पष्ट अभिलेख राखिनु आवश्यक छ । यसले अवसरको न्यायोचित वितरण सुनिश्चित गर्न मद्दत गर्छ ।
अन्ततः समानुपातिक प्रतिनिधित्व र आरक्षणको सफलताले मात्र समावेशी लोकतन्त्र बलियो हुन्छ । यसको सही प्रयोगले राज्य र नागरिकबीचको विश्वास मजबुत बनाउँछ । त्यसैले अब व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक न्याय, समानता र अवसरको निष्पक्ष वितरणलाई प्राथमिकता दिनु आजको अनिवार्य आवश्यकता हो । तब मात्र यी व्यवस्थाहरूले आफ्नो वास्तविक उद्देश्य पूरा गर्न सक्छन् ।

9 months ago | [YT] | 2

Smart Study Hub

इतिहासको ठेली

9 months ago | [YT] | 7

Smart Study Hub

🇳🇵Champions 🏆

#NepalCricket #NepalVsWI

1 year ago | [YT] | 2

Smart Study Hub

विमस्टेक (BIMSTEC) सम्बन्धी जानकारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास
Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation

➤BIMSTEC को स्थापना : सन १९९७ जुन ६
➤BIMSTEC नाम राखिएको : सन् १९९७ डिसेम्वर २२ (म्यानमार सदस्य भएपछि)
विमस्टेक स्थापना गर्ने सम्झौता : Bankok Declaration
➤ स्थापनाकालको सदस्य : बङ्गगलादेश, भारत, श्रीलङ्का र थाइल्यान्ड
➤म्यानमारले सदस्यता पाएको : १९९७ डिसेम्बर २२
➤भुटान र र नेपालले सदस्यता पाएको सन २००४ फेब्रुअरी पहिलो सम्मेलन बाट
➤प्रधान कार्यालय: ढाका (स्थापना सन २०१४)
➤भुटान र नेपालले सदस्यता पाएको सन २००४ फेब्रुअरी पहिलो सम्मेलन बाट
➤ सदस्य : ७
➤सहयोगका क्षेत्र १६
प्रथम महासचिव सुमित नाकान्दला, श्रीलंका
➤नेपालको संयोजकत्वमा रहेको सहयोगको क्षेत्र गरिबी निवारण
➤पहिलो शिखर सम्मेलन थाइल्यान्डको बैंकक (सन २००४ मा)
➤ पहिलो शिखर सम्मेलनमा नेपालको प्रतिनिधि शेर बहादुर देउवा
➤दोस्रो शिखर सम्मेलन भारत, सन २००८
➤तेस्रो शिखर सम्मेलन म्यानमार, सन २०१४
➤चौथो शिखर सम्मेलन: नेपाल, सन २०१८
➤ पाँचौ शिखर सम्मेलन श्रीलंका, सन २०२२ (भर्चुअल माध्यमबाट )
➤ क्षेत्रफलको आधारमा ठुलो देखि सानो देश भारत, म्यान्मार, थाइल्याण्ड, बंगलादेश, नेपाल, श्रीलंका र भुटान
➤ जनसंख्याको आधारमा ठुलो देखि सानो देश भारत, बंगलादेश, म्यान्मार, थाइल्याण्ड, नेपाल, श्रीलंका र भुटान

1 year ago | [YT] | 3

Smart Study Hub

पुष्पलाल (मध्य पहाडी) राजमार्गले पूर्वदेखि पश्चिमसम्म नेपालको पहाडी क्षेत्र हुँदै विभिन्न जिल्लाहरूलाई जोड्छ। निर्माण भैसकेपछि यसको लम्बाई १ हजार ७ सय ७६ किलोमिटर हुनेछ। प्रदेशगत रूपमा यसले छुने जिल्लाहरूको सूची निम्नानुसार छन:

कोशी प्रदेश:
1.इलाम
2.पाँचथर
3.तेह्रथुम
4.धनकुटा

मधेश प्रदेश:
(यो राजमार्गले मधेश प्रदेशका कुनै पनि जिल्ला छोदैन।)

बागमती प्रदेश:
1.सिन्धुली
2.काभ्रेपलाञ्चोक
3.धादिङ

गण्डकी प्रदेश:
1.गोरखा
2.लमजुङ
3.तनहुँ
4.स्याङ्जा
5.पर्वत

लुम्बिनी प्रदेश:
1.गुल्मी
2.प्युठान
3.रुकुम पूर्व

कर्णाली प्रदेश:
1.रुकुम पश्चिम
2.सल्यान
3.जाजरकोट
4.दैलेख

सुदूरपश्चिम प्रदेश:
1.अछाम
2.डोटी
3.बैतडी
4.दार्चुला

चियाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ । ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छिचोलेर वा छोएर जान्छ ।

पुष्पलाल (मध्य पहाडी) राजमार्ग नेपालको विकासका लागि महत्त्वपूर्ण आधार मानिन्छ, जसले विभिन्न प्रदेशहरूका पहाडी जिल्ला जोड्ने काम गरेको छ।

1 year ago | [YT] | 2

Smart Study Hub

धैर्य गर्नुस, समय सबैको आउँछ !
इमान्दारिता र लगनशीलता सबथोक हो ।

1 year ago | [YT] | 6

Smart Study Hub

नेपालमा
- रास्ट्रीय निकुञ्ज:१२ (-ठूलो: शे फोक्सुण्डो, सानो:रारा रा.नि)
- संरक्षण क्षेत्र:६
- मध्यवर्ती क्षेत्र:१३
- सिकार आरक्ष: १ (ढोरपाटन)
- बन्यजन्तु आरक्ष :१( कोशिटप्पु)

2 years ago | [YT] | 11