राष्ट्र दृष्टि Rashtra Drishti

पृथ्वीपथ ! नाथान्थपथ !! महेन्द्रपथ (राष्ट्रपहिलो) !!!

“राष्ट्र दृष्टि” एउटा सामाजिक–राजनीतिक मञ्च हो,
जहाँ हामी प्रस्तुत गर्छौं—
पृथ्वीपथ बाट राष्ट्रदर्शन,
नाथान्थपथ बाट आत्मबल/सभ्यता,
महेन्द्रपथ बाट राष्ट्रपहिलो विचार ।

सत्य, तथ्य र राष्ट्रहितका पक्षमा हाम्रो आवाज—राष्ट्र दृष्टि।

संस्कार संस्कृती मुल्य मान्यता सभ्यताका प्रतिक हुन् भने, मौलीकता राष्ट्र र राष्ट्रियताको जग ।

एकीकृत मानसखण्ड तथा हिमवतखण्ड नेपाल 🙏

#rashtradrishti
#prithibipath
#nathanthapath
#mahendrapath
#rashtrapahilo
#nationfirst
#nationfirstnepal
#bishnujung

For business inquiry- bpyatri@gmail.com





राष्ट्र दृष्टि Rashtra Drishti

कुनै समय सिंहदरबारमा हालिमुहाली गर्नेहरुको जेल यात्रा
#youtubepost

4 months ago | [YT] | 1

राष्ट्र दृष्टि Rashtra Drishti

नेपाल बिरुद्ध नेपाली नागरिकता धारी क-कसले के के भने ?
‪@NepalArchivess‬ ‪@ArjunGyawali-nr6tt‬ @bpyatriofficial

5 months ago | [YT] | 0

राष्ट्र दृष्टि Rashtra Drishti

आर्थिक वर्ष २०८१/८२ को बजेट

1) आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान
2) मदिरा, सुर्ती लगायतका वस्तुहरुमा कर वृद्धि
3) तरकारी तथा फलफुलमा लागेको कर खारेज
4) अपाङ्गमैत्री साधनमा भन्सारमा नै छुट दिइने
5) नयाँ भन्सार एेन तर्जुमा गरिने
6) विदेशी बैंकबाट लिएको ऋणको ब्याज भुक्तानीमा लाग्ने कर घटेको
7) औषधि, इन्डक्सन लगायतको कच्चा पदार्थमा लागेको अन्त शुल्क घटेको
8) राजश्वबाट १२ खर्ब ६० अर्ब जुटाइने
9) वित्तीय खर्च ३ खर्ब ६८ अर्ब
10) विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ६१.३१ प्रतिशत
11) खर्च १८ खर्ब ६० अर्ब ३० करोड
12) सार्वजनिक संस्थानको सम्पत्तीलाई मौद्रिकरण गरिने
13) १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रबर्दन कार्यक्रम चलाइने ।
14) सार्वजनिक संस्थानलाई पब्लिक कम्पनीमा रुपान्तरण गरिने
15) धितोपत्र बोर्ड र नेप्सेको संरचना सुधार गर्ने
16) निश्चित पूँजीभन्दा बढी भएका कम्पनीहरु धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने
17) सहुलियत कर्जाका लागि ११ अर्ब
18) १ अर्बको अनुसन्धान तथा विकास कोष
19) उर्जा क्षाेत्रकाे विकासकाे लागि ५० अर्ब ७४ कराेड व्यवस्था गरिएकाे छ ।
20) गृह मन्त्रालयतर्फ १ खर्ब ९९ अर्ब २४ करोड
21) नुवाकोट कारागार सञ्चालनमा ल्याइने
22) सुरक्षाकर्मीमा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरिने
23) रक्षा मन्त्रालयका लागि ५९ अर्ब ८७ करोड
24) शहरी विकास मन्त्रालयतर्फ ९२ अर्ब ६३ करोड
25) बाग्मति सभ्यता परियोजनाका लागि २ अर्ब ७२ करोड
26) गाई भैसीकाे नश्ल सुधासकाे लागि ३८ कराेड व्यवस्था ।
27) बाग्मति तथा विष्णमति कोरिडोरमा स्काइ वे निर्माण गरिने
28) एकिकृत शहरी विकासकाे लागि ४ अर्ब १३ कराेड विनियाेजन
29) काठमाडौँ उत्तर पूर्वमा नयाँ नगर निर्माण गरिने
30) दुर्घटनामा मृत्यु हुने व्यक्तिका लागि प्रदान गरिने क्षतिपूर्ति वृद्धि गर्ने
31) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड
32) काठमाडौँका व्यस्त ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने
33) कोटेश्वर इन्टरसेक्सन निर्माण सुरु गरिने
34) उत्तर दक्षिण कोरिडरका लागि ४ अर्ब ४३ करोड
35) हुलाकी राजमार्गका लागि ३ अर्ब ३० करोड
36) सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब
37) महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालायलाई १ अर्ब ६० करोड
38) हाम्रा बा आमा, हाम्रो जिम्मेवारी अभियान सञ्चालन गरिने
39) आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाइने
40) युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड
41) खेल तथा पूर्वाधारका लागि १ अर्ब ३० करोड
42) राष्ट्रिय स्तरका ८० प्रतियोगिता आयोजना गरिने
43) खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड
44) मेलम्ची खानेपानी आयोजनाका लागि ५० करोड
45) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ ८६ अर्ब २४ करोड
46) सिंहदरबार वैद्य खानाको पुनसंरचना गरिने
47) पाटन अस्पतालमा मृगौला प्रत्यारोणको व्यवस्था गरिने
48) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड
49) उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड
50) प्राविधिक शिक्षातर्फ १ अर्ब ५९ करोड
51) राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड
52) वन मन्त्रालयका लागि १५ अर्ब ७० करोड
53) भूमी तथा सहकारी मन्त्रालयको लागि ६ अर्ब ८२ करोड
54) बचत तथा ऋण सहकारीलाई गाभ्ने सहजिकरण गरिने
55) ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र पूजी उपलब्ध गराइने
56) बैदेशिक राेजगारबाट फर्केका कम्तिमा १ लाखलाई स्वराेजगार बनाइने ।
57) श्रम, रोजगार मन्त्रालयको लागि ८ अर्ब १० करोड
58) थप तीन मुलुकसँगै श्रम सम्झौता गरिने
59) उपभाेक्ता अदालतकाे व्यवस्था गरिने ।
60) प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब
61) रोजगार बैंकको स्थापन गरिने
62) उद्योग तथा वाणिज्य मन्त्रालयका लागि ९ अर्ब २८ करोड
63) गोर्खामा ऐतिहासिक संग्राहलय निर्माण गरिने
64) जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने
65) सूचना तथा प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड
66) डिजिटल प्रणालीमार्फत गरिने विज्ञापनलाई नियमन गरिने
67) जलस्रोत तथा सिंचाईतर्फ ३६ अर्ब ८१ करोड
68) सुनकोशी मरिन ड्राइभका लागि ३ अर्ब १२ करोड
69) सिख्ता सिंचाई आयोजनको लागि १ अर्ब ६० करोड
70) गैर आवासिय नेपालीहरुलाई लगानी गर्न सहजिकरण गर्ने
71) गैर आवासिय नेपाली अभियान सञ्चालन गरिने
72) ३ अर्ब ४० करोड झोलुङ्गे पुल निर्माणका लागि
73) एक पालिका एक डाउनटाउनको विकास गरिने
74) भुकम्पपछिको पुनर्निमाणका लागि २१ अर्ब ६० करोड
75) ६ अर्ब ५५ करोड औद्योगिक विकासको लागि
76) घरेलु मदिराको उत्पादन तथा ब्राण्डिङ्ग गर्ने
77) डेरिभेटिभसम्बन्धि कानुन तर्जुमा गरिने
78) १ अर्बको स्टार्टअप कोष खडा
79) स्टार्टअप बोर्ड गठन गरिने
80) कोशीलाई उद्योग, बाग्मतिलाई सुचना, मधेशलाई कृषिको हब बनाइने
81) मेक इन नेपाल र मेड इन नेपाल का लागि निजी क्षेत्रसँग साझेदारी गर्ने
82) पर्यटन क्षेत्रतर्फ ११ अर्ब ९१ करोड
83) भरतपुर विमानस्थलको लागि ३६ करोड
84) जनकपुरलाई वेडिङ्ग हब र लुम्बिनीलाई बर्थिङ्ग हब को रुपमा स्थापना गरिने
85) १६ लाख पर्यटन भित्र्याउने
86) उर्जा क्षेत्रकाे विकासकाे लागि ५० अर्ब ७४ कराेड विनियाेजन
87) कृषि अनुसन्धानकाे लागि ३ अर्ब ५२ कराेड विनियाेजन
88) गाई भैसीकाे नश्ल सुधारकाे लागि ३८ कराेड ।
89) कृषकलाई २७ अर्ब ९५ कराेड विनियाेजन
90) कृषि उपजको धितोमा सहज कर्जा उपलब्ध गराइने
91) २०८१ देखि २०९१ सम्म कृषिमा लगानी दशक घाेषणाा गरिएकाे छ ।
92) १२ खर्ब ५३ अर्ब राजश्व संकलन हुने अनुमान
93) ८७.४ प्रतिशत खर्च हुने संशोधित अनुमान
94) भूत खानेपानीको दर ५७ प्रतिशत
95) गरिबी सूचक २०.३ प्रतिशत
96) कुल गार्हस्थ उत्पादन ५७ खर्ब ५ अर्ब पुग्ने
97) आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन
98) आर्थिक वर्ष २०८१/८२ को बजेट केही बेरमा सुरु हुँदै
ट

2 years ago | [YT] | 1

राष्ट्र दृष्टि Rashtra Drishti

त्रिमूल नेपालको प्रेस बिज्ञपति
#Lipulek #kalapani #TrimoolNepal #BharatDahal #BishnuJungPandey #NationFirst #ThirdEye

4 years ago (edited) | [YT] | 6